Logo
Logo

तेजाब तथा घातक रासायनिक पदार्थसम्बन्धी विधेयक संसद्‍मा पेस हुने


252
Shares

काठमाडौँ । तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमन गर्न बनेको विधेयक संसदमा पेश हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न तीन विधेयक संसद्मा पेस गर्नका लागि स्वीकृति दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शपथ, तेजाब र प्रहरीसम्बन्धी विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय मन्त्रिपरिषद्ले गरेको जानकारी दिए ।

प्रवक्ता कार्कीले भने- ‘आजको मन्त्रिपरिषद्को बैठकले सानर्वजनिक पद धारण गर्ने व्यक्तिको शपथसम्बन्धि विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिएको छ, तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा बनेको विधेयक र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय_ ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय भयो ।’

त्यस्तै, समाजकल्याण परिषद्का उपाध्यक्ष लगायतका पदाधिकारी र सदस्यले दिएको राजीनामा स्वीकृति गर्ने र विपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय भएको पनि मन्त्री कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्