काठमाडौं । सरकासँग असन्तुष्टि जनाउँदै राजीनामा दिएका समाज कल्याण परिषद्का उपाध्यक्ष पदमप्रसाद खतिवडासहित पदाधिकारीको सामूहिक राजीनामा सरकारले स्वीकृत गरेको छ ।
असोज ८ गते परिषद्को कार्यालय पुल्चोकमा पत्रकार सम्मेलन गरेर सामूहिक राजीनामा दिएका उपाध्यक्षसहित सात जनाको राजीनामा आज बसेको मन्त्रिपरिषद् बैठकले सबैको राजीनामा स्वीकृत गरेको हो ।
उपाध्यक्ष खतिवडासँगै कोषाध्यष लोकनाथ सुवेदी, सदस्य सचिव पुष्कर खाती, सदस्य मणिराम बञ्जाडे, गोविन्द शाही, नानीमाया थापा, ब्रम्हध्वज गुरुङ र सुशील ज्ञवालीले राजीनामा दिएका थिए ।
परिषद्का उपाध्यक्षसहित सबै पदाधिकारी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ साउन ५ गते उपाध्यक्ष र सदस्य सचिवसहित पाँच सदस्य तथा त्यसै वर्षको भदौ १ गते कोषाध्यक्ष र दुई जना सदस्य नियुक्त गरेको थियो ।