Logo
Logo

मन्त्री हुने नेताको नाम टुंगो लगाउँदै माओवादी


6.6k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले मन्त्री हुनेको नामावली टुंगो लगाउन आन्तरिक गृहकार्यमा जुटेको छ । यस पटक माओवादी केन्द्रले मन्त्री नभएका नयाँ अनुहारलाई प्राथमिकतामा राखेको छ ।

पाँच दलीय गठबन्धन भित्रको सहमतिअनुसार माओवादी केन्द्रले ५ मन्त्री र १ राज्य मन्त्री पाउँनेछ । माओवादी केन्द्रबाट अर्थमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुसाल मन्त्री भइसकेका छन् । बाँकी तीन मन्त्री र एक राज्य मन्त्रीको नामावली टुंगो लगाउँने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइएको छ ।

माओवादी स्रोतअनुसार देवेन्द्र पौडेल, हरिबोल गजुरेलले मन्त्री बन्ने निश्चित भएको छ । देव गुरुङ, अमनलाल मोदी र सन्तकुमार चौधरी मध्ये एकलाई मन्त्री बनाउँन अध्यक्ष प्रचण्डलाई दवाव छ । यसैगरी महेश्वर गहतराज अथक, सुदन किराती मध्ये एक जना मन्त्री हुनसक्ने बताइएको छ । यसैगरी महिलाबाट अञ्जना विशंखे र शशी श्रेष्ठ मध्ये एक जना राज्य मन्त्री हुने सम्भावना रहेको बताइएको छ ।

राजनीतिक दलसम्बन्धी अध्यादेश सरकारले फिर्ता लिएपछि पाँच दलीय गठबन्धनभित्रका राजनीतिक दल मन्त्री हुनेको नामावली टुंगो लगाउँने गृहकार्यमा जुटेका छन् ।

आजै ३ बजे बस्ने भनिएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । मन्त्रीको नामावली तथा राष्ट्रिय सम्मेलन लगायतका बिषयमा छलफल गर्न माओवादी केन्द्रले बुधबार बिहान ११ बजे स्थायी कमिटीको बैठक बोलाएको स्थायी कमिटी सदस्य गणेश साहले बताए ।

प्रतिक्रिया दिनुहोस्