Logo
Logo

दरबारमार्ग र कालिमाटी वृत्तका डिएसपीको सरुवा हुँदै


480.1k
Shares


काठमाडौं । प्रहरी प्रधान कार्यालयले एसपी र डिएसपीको सरुवा तयारी थालेको छ । गृह मन्त्रालयसँग कुरा मिले यही साता सरुवा गर्ने तयारी छ ।


करिब एक दर्जन जिल्लाका एसपीको सरुवा तयारी भइरहेको छ । जसमा दुई दर्जन एसपी दौडधुपमा छन् । कुरा नमिलेका कारण १३ महिना हुँदा पनि ती जिल्लाका इन्चार्जको सरुवा हुन सकेको छैन ।


त्यस्तै ठूलो संख्यामा डिएसपीको पनि सरुवाको तयारी भइरहेको छ । जसमा उपत्यकाका दुई महत्वपूर्ण वृत्तका इन्चार्ज पनि हेरफेर हुँदैछन् । दरबारमार्ग वृत्तका डिएसपी रामेश्वर पौडेल र कालिमाटी वृत्तका डिएसपीको एक वर्षको अवधि पुगिसकेको छ । ती वृत्तमा सरुवा हुन २० भन्दा धेरै डिएसपी शक्तिकेन्द्र धाइरहेका छन् ।

गुप्तचरबाट आएका र पटक पटक कारबाहीमा परेका विश्व खड्का शक्तिकेन्द्र धाउन व्यस्त छन् । त्यस्तै, डिएसपी अनिल घिमिरे समेत लागिपरेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ । त्यस्तै, अवैध धन्दाबाट १० करोडको घर बनाएका डिएसपी सन्तोष तामाङ पनि आकर्षक पोष्टिङका लागि दौडधुपमा लागेका छन् ।

दरबारमार्ग र कालिमाटीपछि धेरै डिएसपीको जोड कास्कीको वडा प्रहरी कार्यालय बैदाममा छ ।

प्रतिक्रिया दिनुहोस्