Logo
Logo

१६ लाख बढी वृद्धभत्ता हिनामिना, पाँच कर्मचारीविरुद्ध मुद्दा


2.4k
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुरको साविक रामपुर ठोक्सिला गाविसका तत्कालीन सचिव केशवप्रसाद आचार्यसहित पाँच जनाविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दर्ता गरेको छ ।

मृत्यु भइसकेका व्यक्तिको नाममा सुरक्षा भत्ताबापतको रकम निकासा गरी आर्थिक अनियमितता गरेको भन्दै आचार्यसहित तत्कालीन गाविस सचिव लोकेन्द्र कार्की, विशाल सुन्दास, माधवप्रसाद खतिवडा र पुष्पराज सिग्देलविरुद्ध अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

उनीहरूले १६ लाख ४० हजार ५ सय हिनामिना गरेको अख्तियारको दाबी छ । उनीहरूले साविक ठोक्सिला गाविसमा ८÷१० वर्ष अगाडिदेखि मृत्यु भइसकेका व्यक्तिको दोहोरो नाममा र बनावटी नाममा सामाजिक सुरक्षा भत्तावापत रकम निकासा गरी दुरुपयोग गरेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बताए ।

अख्तियारले तत्कालीन गाविस सचिव केशवप्रसाद आचार्यसँग नौ लाख ९० हजार ५००, लोकेन्द्र कार्कीसँग ७८ हजार, विशाल सुन्दाससँग ८२ हजार, माधवप्रसाद खतिवडासँग तीन लाख १४ हजार र पुष्पराज सिग्देलसँग एक लाख ७६ हजार ?पैयाँ बिगो सजायको मागदाबीसहित अख्तियार दु?पयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ को उपदफा ३५ बमोजिम अदालतमा आरोपपत्र दायर गरेको हो ।

तत्कालीन गाविस सचिव आचार्य हाल मालपोत कार्यालय उदयपुरमा, कार्की रौतामाई गाउँपालिका–७ को वडा सचिव पदमा, सुन्दास तथ्यांक कार्यालय उदयपुरमा र खतिवडा रौतामाई गाउँपालिकाको कार्यालयमा शाखा अधिकृतका रुपमा कार्यरत छन् भने सिग्देलले सेवाबाट अवकाश पाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्