काठमाडौं । ज्वरो र खोकीको समस्या बढेपछि नकेपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् ।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका पूर्वप्रधानमन्त्री नेपालको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको उनको सचिवालयले जननकारी दिएको छ ।
त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छातीरोग विशेषज्ञ डा. सन्तकुमार दास सहितको टोली नेपलाको उपचारमा संलग्न छन् ।
अध्यक्ष नेपालको स्वास्थ्यमा बुधबार बिहानैदेखि समस्या आएको थियो । हाल अवस्था सामान्य रहेता पनि केही दिन आराम गर्नुपर्ने चिकित्सकले सल्लाह दिएका छन् ।