काठमाडौँ । सहसचिव गोपल सिग्देलको सचिव बढुवामा सिफारिस भएको छ । सचिव बढुवा सिफारिस समितिको बुधबार बसेको बैठकले उनलाई सिफारिस गरेको हो ।
निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्याङ्कनका आधारमा उनको सिफारिस भएको हो । यही साता सरकारका दुई सचिवले अवकाश पाएपछि सिफारिस भएको हो । युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने र नेपाल ट्रष्टको कार्यालयका सचिव राजेन्द्र खनालले अवकाश पाएका हुन् ।