Logo
Logo

बालुवाटारमा सर्वदलीय बैठक बस्दै


504
Shares

काठमाडौं । बालुवाटारमा आज सर्वदलीय बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदली बैठक आव्हन गरेका हुन् ।

प्रधानमन्त्री देउवाको सचिवालयले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान १० बजे बैठक बस्ने जानकारी दिएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले लामो समयदेखि निरन्तर रूपमा प्रतिनिधि सभा बैठक अवरूद्ध गरिरहेको छ ।
संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री देउवाले पहल थालेका हुन् । प्रधानमन्त्रीको आह्वानमा आज बस्ने सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूलाई बोलाइएको छ ।

संसदमा देखिएको गतिरोध अन्त्य गर्न यसअगाडि सभामुख अग्निप्रसाद सापकोटाले पनि सर्वदलीय बैठक राखेका थिए । उक्त बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित रहेका थिए ।

सभामुख सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै एमालेले संसद अवरूद्ध गरिरहेको हो । कारबाही गरेका १४ सांसदको सूची टाँस नगरेको आरोप सभामुख सापकोटामाथि एमालेले लगाएको छ भने पार्टी विभाजन गर्न भूमिका खेलेको पनि आरोप लगाएको छ ।

आज पनि संसद बैठक बस्दैछ। दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्