Logo
Logo

मौसम पूर्वानुमानः आज यी प्रदेशमा वर्षाको सम्भावना


441
Shares

काठमाडौं । भारतको झारखण्ड र आसपास बनेको न्यून चापीय क्षेत्रको, नेपालमा सामान्य प्रभाव परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेको छ । हाल देशको अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली भई एक÷दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

बिहीबार देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार शुक्रबार देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

शनिबार भने देशभर सामान्य बदली रही प्रदेश २, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनर चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । े

प्रतिक्रिया दिनुहोस्