Logo
Logo

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


945
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (बिहीबारं) बस्दै छ । संसद सचिवालयले बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजेका लागि बैठक तय भएको जनाएको छ ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन, २०७८’ पेस गर्ने कार्यसूची रहेको छ ।

यस्तै सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त अध्यादेश खारेजसम्बन्धीको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

नवौं अधिवेशनको पहिलो बैठकदेखि नै संसद वैठकमा अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले यसअघिका सबै बैठकमा नाराबाजी गरेका थिए ।

एमाले सांसदहरुको नाराबाजीकै बीच आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयकलगायत पारित भएका छन् ।

सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नाराबाजी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्