Logo
Logo

एमाले विधान महाधिवेशनमा को-को सहभागी हुदैछन् ?


1.3k
Shares

काठमाडौं । नेकपा (एमाले) को प्रथम विधान महाधिवेशनको भोलिदेखि सुरु हुँदैछ । विधान महाधिवेशनमा सहभागी हुन देशैभरबाट ६ हजारभन्दा बढी प्रतिनिधिहरु सहभागी हुँदैछन् ।

विधान महाधिवेशनका लागि कतिपय प्रतिनिधि काठमाडौं आइपुगिसकेका छन् भने कतिपय प्रतिनिधि आउने क्रममा रहेका छन् ।

शुक्रबारदेखि सुरु हुने सम्मेलन आइतबारसम्म चल्ने एमाले स्थायी कमिटीका सदस्य एवं मुल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा बादलले बताए ।

विधान महाधिवेशनलाई अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । विधान महाधिवेशनको उद्घाटन पश्चात तीन वटा दस्तावेज पेश हुनेछ ।

अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन र उपमहासचिव बिष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गर्नेछन् ।

यि तीन वटै दस्तावेजमा सम्मेलनमा सहभागी ६ हजार प्रतिनिधिले समूहगत छलफल गर्नेछन् । विधान महाधिवेशनबाट पारित विधान अनुसार नेतृत्व चयनका लागि आउदो मंसिरमा १०औं महाधिवेशन हुनेछ ।

विधान महाधिवेशनमा को को सहभागी हुदैछन् ?

  • केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्यहरु
  • केन्द्रीय निकायका पदाधिकारी एवं सदस्यहरु
  • केन्द्रीय विभागबाट चुनिएका प्रतिनिधिहरु
  • प्रदेश कमिटीका सबै सदस्यहरु
  • जिल्ला कमिटीबाट चुनिएका सबै प्रतिनिधिहरु
  • पार्टी सदस्य रहेका संघ र प्रदेशका सांसदहरु
  • पार्टीको तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखहरु
  • पार्टी सदस्य रहेका पालिका प्रमुख र उपप्रमुखहरु
  • जनसंगठन र पेशागत संगठनहरुबाट चुनिएका प्रनिनिधिहरु
  • भारत लगायत प्रवास संघ संगठनहरुबाट चुनिएका प्रनिनिधि
  • पार्टी केन्द्रबाट विधान वमोजिम मनोनित सदस्य

प्रतिक्रिया दिनुहोस्