काठमाडौं, १६ बैशाख ।
२५ हजार रुपैया घुससहित एक वडा अध्यक्ष पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सप्तरीको सुरुङ्गा नगरपालिका ५ का वडाध्यक्ष मो शिल्टु मियालाई घुस लिँदै गर्दा रंगेहात पक्राउ गरेको हो । अख्तियारको इटहरीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।