Logo
Logo

प्रचण्डले ओलीलाई भनेः बेइमान र झुटो बोल्न सिपालु


378
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बेइमान र झुट बोल्न सिपालुको संज्ञा दिएका छन् । यसअघि ओलीले झापाबाट आफूलाई धोकेबाज भनेकामा चित्त दुखाउँदै दाहालले बेइमान र झुट बोल्न सिपालु भनेर जबाफ दिएका हुन् ।

झुटो कुरालाई पनि झुटो होइन भन्ने क्षमता ओलीमा रहेको उनको भनाइ थियो । ‘प्रचण्ड धोकेबाज भनेछ । यसलाई के जबाफ दिने । मैले नबनाएको भए प्रधानमन्त्री हुनेवाला नै थिएन । माधव, झलनाथ, वामदेवले बजेट आएको भोलिपल्ट ओलीले छाड्नुपर्छ भने । तर मानेनन् । कागजमा सही छाप गरेर पनि उल्लंघन गरे । धोका दिए । धोका दिने उनी, धोकेबाज हाम्लाई भन्ने’, अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनमा उनले भने ।

ओली बेइमान हो भन्ने कुरा एमालेका धेरैलाई थाहा भएको दाहालको भनाइ थियो । ‘केही साथीले केपीसँग आत्मसमर्पण गरे। पहिले नेकपा हुँदा दह्रोसँग उभिनुहोस् कामरेड, यो ओली तानाशाह हो भन्ने। अहिले त लुत्रुक्क परेर ओलीसँग जाने, अझ प्रचण्डले पार्टी फुटाउन खोज्ने भन्ने ?’, प्रचण्डले प्रश्न गरे, ‘केपीलाई निकाल्दा त तिनीहरू नै थिए नि अनि, मैले एमाले फुटाउन खोजेको हुन्छ त ? तर, भन्छन् । भन्ने त बेइमान भए भए, सुन्ने र ताली लाउने देखेर हैरान हुन्छु।’

झुटो बोल्न सिपालु नेपालमा कोही छ भने त्यो ओली भएको दाहालको भनाइ छ । ‘म भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ भन्ने । तर, किन भन्ने भन्दा विज्ञापन रहेछ । त्यो भनेर भित्र अर्बौं भ्रष्टाचार गरेको छ। ढाकछोप गर्न त्यो भनेको रहेछ’ उनले भने ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्