काठमाडौं । नेकपा एमालेको जारी विधान महाधिवेशनमा उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेस गरेका छन् ।
ललितपुरको गोदावरीमा आजदेखि सुरु भएको महाधिवेशनमा उममहासचिव पौडेलले छलफलका लागि पेस गरेको प्रस्तावमा पोलिटब्युरो कमिटी र उपमहासचिव पद हटाइएको छ ।
एमालेको केन्द्रीय कमिटीपछि अव स्थायी कमिटी रहनेछ । अध्यक्षको नेतृत्वमा पदाधिकारीहरू सदस्य रहने केन्द्रीय सचिवालय रहने व्यवस्था गरिएको प्रस्तावित विधानमा अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १ र ६ जना सचिव रहने व्यवस्था छ ।
पदाधिकारी रहेको सचिवालय प्रस्ताव गरिएको एमालेमा यो निकाय शक्तिशाली बन्ने देखिएको छ । त्यस्तै महासचिवको नेतृत्वमा सचिवहरू रहेको केन्द्रीय कार्यालय रहने भएको छ । ४१ सदस्यीय स्थायी कमिटी गठन गर्ने प्रस्ताव पनि एमालेको विधानमा छ ।