Logo
Logo

इन्सपेक्टरको पावरः सरुवा रद्द गराए


752.7k
Shares


बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका इन्सपेक्टरले आफ्नो सरुवा बदर गराएका छन् । अत्याधिक अनियमितता गरेको आरोपपछि इन्सपेक्टर राजु भण्डारीलाई प्रहरी प्रधान कार्यालयले काज सरुवा गरेर हटाएको थियो । तर, गृह मन्त्रालयमार्फत दबाब दिएर भण्डारीले आफ्नो काज सरुवा रोकेका हुन् ।


भण्डारीलाई हटाएर इन्सपेक्टर ऐनबहादुर मल्ललाई बाँके ट्राफिकमा पठाइएको थियो । जून सरुवा हालका लागि रद्द गरिएको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ । इन्सपेक्टर भण्डारी रेट नै तोकेर मातहतका इन्चार्जसँग पैसा उठाउने गरेका छन् । त्यही पैसा प्रयोग गरी सरुवा रोेकेको चर्चा प्रहरीमा छ ।


त्यस्तै, बाँकेका एसपी श्यामकृष्ण अधिकारी पनि चरम विवादमा परेपछि काठमाडौं पुगेर गृहमन्त्री बालकृष्ण खाण लगायत नेताहरुलाई भेटेर आफ्नो सरुवा रोक्न सफल भएका छन् । अवैध जुवादेखि तस्करीको लाइन खुलाएको भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्