Logo
Logo
एमाले विधान महाधिवेशन

ओलीको अध्यक्षतामा अध्यक्ष मण्डल गठन


3.9k
Shares


काठमाडौं । नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन ललितपुरको गोदावरीमा आज दोस्रो दिन पनि जारी रहेको छ । महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा अध्यक्ष मण्डलको गठन गरेको छ ।

विधान महाधिवेशनले अध्यक्ष ओलीको अध्यक्षतामा गठन भएको अध्यक्ष मण्डलको सदस्यहरुमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल, सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्डल र छविलाल विश्वकर्मा रहेका छन् ।

महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन र उपमहासचिव बिष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गरेका थिए । हिजो पेश भएको यि तीन वटै दस्तावेजमा बिभिन्न १० समूहमा छलफल भएको छ । समूहगत छलफल गरेर अहिले सुझाव राख्ने क्रम सुरु भएको छ ।

यसैगरी विधान महाधिवेशनमा प्रस्ताव मस्यौदा कमिटी गठन भएको छ । सो कमिटीमा भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त, यामलाल कंडेल, डा. राजन भट्टराई, पद्मा अर्याल र लीला भण्डारी रहेका छन् ।

यस्तै सुझाव अध्ययन कमिटी समेत गठन गरिएको सचिव भट्टराईले बताए । कमिटीमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, डा. बिन्दा पाण्डे, ठाकुर गैरे, ज्वालाकुमारी साह र डा. शिवमाया तुम्बाहाम्फे रहेका छन् ।

यसैगरी गठन भएको बहस नोट कमिटीमा मणिचन्द्र थापा, भानुभक्त ढकाल, विष्णु रिजाल, गोविन्द नेपाली, मनोजजंग थापा, सिता सुन्दास, सरोज यादव र लीलबहादुर थापा मगर रहेका छन् ।

महाधिवेशनले प्रचार समन्वय कमिटी समेत गठन गरेको छ । कमिटीमा सचिव भट्टराई, खिमलाल भट्टराई र सूर्य थापा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्