काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेको प्रतिगमनकारी कदमविरुद्ध संघर्ष गरेर अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
पार्टीको सम्पर्क समन्वय विशेष प्रदेश समितिको प्रशिक्षण कार्यक्रमलाई ललितपूरमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले निर्देशन दिएका हुन् ।
माओवादीले विदगदेखि नै प्रतिगमनविरुद्व संघर्ष गर्दै आएको स्मरण गर्दै अध्यक्ष प्रचण्डले भने– ‘हामीले निरन्तर प्रतिगमनविरुद्व संघर्ष गर्दै आएको छौं । केही समय अगाडि पनि ओली प्रतिगमन विरुद्व संघर्ष गरियो अब पनि संघर्ष गर्नुको विकल्प छैन । त्यसैले तपाईहरु एमाले विरुद्व सशक्त रुपमा संघर्षमा जुट्नुस । एमालेविरुद्व संघर्ष नगरेसम्म जनताको पक्षमा काम गर्न सक्ने अवस्था छैन ।’
अध्यक्ष प्रचण्डले आफ्ना पार्टीका लडाकु कार्यकर्तामाथि एमालेले आक्रमण गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै त्यसो गरे आफ्नो पार्टीले एमालेविरुद्ध देशभर प्रतिवाद गर्ने चेतावनी समेत दिएका छन् ।
उनले भने– ‘केपीको हातमा नेतृत्व छ र उनले फेरि एकचोटी माओवादीलाई सखाप गर्ने रणनीति लिएका छन् । उनले डेढ वर्ष भित्र हामी सरकारमा जान्छौ भनेका छन् । देशैभर एमालेसँग प्रतिवाद नगरी चुनाव जितिँदैन ।’