Logo
Logo

एमाले विधान महाधिवेशनः चुनाव प्रणाली कम खर्चिलो बनाउन जोड


441
Shares

काठमाडौं । एमालेको विधान महाधिवेशनमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्न र निर्वाचन प्रणाली कम खर्चिलो बनाउन संविधान संशोधन गर्नुपर्ने आवाज उठेको छ । बन्दसत्रमा समूहगत सुझाव दिने प्रतिनिधिहरूले प्रत्यक्ष निर्वाचन धेरै खर्चिलो भएकाले चुनाव लड्नै नसक्ने अवस्था आएको भन्दै कम खर्चिलो निर्वाचन प्रणाली अपनाउन नेतृत्वलाई सुझाव दिएका छन्  ।

महाधिवेशनमा शुक्रबार पेस भएको राजनीतिक, सांगठनिक एवं विधान संशोधन प्रस्तावमाथिको समूहगत छलफलपछि शनिबार भएको रिपोर्टिङमा निर्वाचन प्रणालीमाथि पुनर्विचार गर्नुपर्ने मत उठेको हो । दसमध्ये शनिबार पाँच समूहका नेताहरूले रिपोर्टिङ गरेका थिए  । सुदूरपश्चिमबाहेक सबै समूहमा निर्वाचन खर्चिलो भएको विषय उठेको छ । बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओली भने स्वास्थ्यका कारण देखाएर उपस्थित भएनन् ।

लुम्बिनी प्रदेशको रिपोर्टिङ गर्दै समूह नेता लीला गिरीले भने, ‘चुनाव धेरै खर्चिलो भएको छ । पैसा नहुने मान्छे डराउने र टिकट पाउँदा पनि पन्छिनुपर्ने अवस्था छ । पार्टीले निर्वाचन प्रणालीलाई कम खर्चिलो बनाउने नीति लिनुपर्छ भन्ने सुझाव आएको छ ।’ उनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीलाई पार्टीले मुद्दा बनाउनुपर्ने सुझाव आएको बताए । ‘यसका लागि पार्टीले आगामी दिनमा संविधान संशोधन गर्न पहल गर्नुपर्छ,’ उनले भने ।, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्