Logo
Logo
एमाले विधान महाधिवेशन

समूहगत रिर्पोटिङ सकियो, ‘प्रधान शत्रु’ किटान गर्न सुझाव


1.1k
Shares


काठमाडौं । नेकपा एमालेको जारी विधान महाधिवशेनमा समूहगत छलफलको रिपोर्टिङ सकिएको छ । १० समूहमध्ये आइतबार २२ वटा जनसंगठनको समूहका तर्फबाट सुनिता बरालले रिपोर्टिङ गरेकी छन् ।

उक्त समूहले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको शासकीय मोडललाई पार्टीले मुद्दा बनाउनुपर्ने जनाएको छ । यो मुद्दा संविधानसभाको चुनावमा एमालेको मुद्दा थियो । तर, संविधान लेखनको बेलामा उक्त मुद्धा एमालेले छाडेका थिए । अन्तिम रिर्पोटिङ रहेको बरालको समूहले ‘आजको प्रधान शत्रु’ किटान गरेर जानुपर्ने सुझाव पनि दिएको छ ।

कम्युनिस्ट पार्टीहरुले आफ्नो दस्तावेजमा प्रधान शत्रु किटान गर्ने गरेको भएपनि शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा प्रधान शत्रु किटान गरिएको छैन । तर अध्यक्ष ओलीले आफ्नो राजनीति प्रतिवेदनमा त्यस्तो परम्परालाई अतिवादी भनेका छन् ।
‘बहुदलीय प्रतिष्पर्धाका आधारमा नेतृत्व हासिल गर्ने नीति लिएको पार्टीले कुनै दल विशेषलाई प्रमुख दुश्मन घोषणा गर्ने जस्ता कम्युनिस्ट आन्दोलनका अतिवादी गल्तीबाट भने मुक्त रहनुपर्छ’, राजनीतिक प्रतिवेदनमा भािएको छ ।

बरालको समूहले मनमोहन अधिकारी, पुष्पलाल श्रेष्ठ तथा साहना प्रधानको भूमिकालाई राजनीतिक प्रतिवेदनमा समेटिनुपर्ने सुझाव दिएको छ । साथै, शिक्षालाई पूर्णतः निःशुल्क बनाइनुपर्ने, वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउनुपर्ने, पार्टीको औपचारिक कार्यक्रममा आधिकारिक गीत र धुन बजाउनुपर्ने, जनसंगठनको उचित मूल्यांकन गर्दै पार्टी काममा लगाउनुपर्ने, जातीय छुवाछुत अन्त्य गर्ने कार्यक्रम स्पष्टसँग आउनुपर्ने, विभिन्न जिम्मेवारीमा रहेका नेताहरूको सम्पत्ति सार्वजनिक गर्ने परिपाटी सुरु गर्नुपर्ने सुझाव समेत दिइएको छ ।

यस्तै, यो समूहले ४० वर्ष उमेर समूहको प्रतिनिधित्व सुनिश्चित गर्न हरेक तहमा २० प्रतिशत युवा आवश्यक हुनुपर्ने, सबै कमिटी र तहका महाधिवेशन र अधिवेशनमा मनोनीत गर्नलाई मापदण्ड तय गरिनुपर्ने सुझाव पनि दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्