Logo
Logo

एमालेमा केन्द्रीय सदस्य बन्ने योग्यता संशोधन


1.5k
Shares

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सदस्य हुनलाई योग्यता संशोधन भएको छ । जारी विधान महाधिवेशनमा प्रस्तुत मस्यौदामाथि छलफलपछि सहभागीहरूले दिएको सुझावअनुसार संशोधन गरिएको केन्द्रीय सदस्य बन्नका लागि योग्यता संशोधन गरिएको उपमहासचिव विष्णु पौडेलले जानकारी दिए ।

यसअघि केन्द्रीय सदस्यका लागि पार्टी सदस्य भएको १५ वर्ष हुनुपर्ने भन्ने प्रावधान हटाएर १० वर्ष कायम गरिएको छ । त्यस्तै, केन्द्रीय सदस्य बन्नका लागि केन्द्रीय निकायको सदस्य भएको वा राष्ट्रिय प्रतिनिधि परिषद सदस्य भएको व्यक्ति योग्य हुने भएको छ ।

केन्द्रीय विभागको सचिव वा सदस्य, जिल्ला कमिटीको पदाधिकारी वा दुईपटक सदस्य भएको तथा प्रदेश कमिटी सदस्य भएको व्यक्ति केन्द्रीय सदस्यको उम्मेदवार बन्न योग्य हुनेछन् ।

पौडेलले विधान महाधिवेशनमा जानकारी दिँदै महिला, दलित, सीमान्तकृत र अपांगता भएका व्यक्तिको हकमा ७ वर्ष सदस्य भएको र एकपटक जिल्ला कमिटी सदस्य भएको व्यक्ति केन्द्रीय सदस्यको लागि योग्य बन्नेछ । विधान महाधिवेशनमा सहभागी प्रतिनिधिको सुझावलाई ध्यानमा राख्दै नयाँ पुस्ताको नेतृत्व विकास गर्न ४५ सदस्यीय स्थायी कमिटी बनाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्