काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन आज नेप्से परिसूचक ५५ दशमलव ९३ अङ्कले घटेर दुई हजार ५७७ दशमलव ४९ मा ओर्लिएको छ ।
नेप्से ओरालो लागेसँगै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत आज ११ दशमलव ०७ अङ्कले घटेर ४८५ दशमलव ९८ मा झरेको छ । नेप्सेको ओरालो यात्रासँगै कारोबार रकम समेत घटेको छ ।
कूल २३२ कम्पनीको ८९ लाख ४८ हजार ९३७ कित्ता शेयर रु चार अर्ब ११ करोड ३८ लाख १४ हजार २४६ मूल्यमा कारोबार भयो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ २९ दशमलव २६, व्यापार ५६ दशमलव ६३, होटल तथा पर्यटन १०२ दशमलव ८२, विकास बैंक १३८ दशमलव ४१, जलविद्युत् १११ दशमलव ६१, वित्त ९७ दशमलव १२, निर्जीवन बीमा १८८ दशमलव ५, उत्पादन १०७ दशमलव ४५, अन्य ३३ दशमलव ९२, लघुवित्त ६९ दशमलव ३९, जीवन बीमा २७२ दशमलव १४, सामूहिक लगानी कोष शून्य दशमलव १७ र लगानी ३ दशमलव ३३ बिन्दुले घटेको छ ।
कारोबारका आधारमा आज अपि पावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु १५ करोड ६ लाख १६ हजार २२१ बराबरको कारोबार भयो । यस्तै नेशनल हाइड्रोपावर रु १४ करोड २४ लाख ३८ हजार ७५३, रिडी हाइड्रोपावर रु १४ करोड १० लाख ८६ हजार ४०२, शिखर इन्स्योरेन्स कम्पनी रु १३ करोड ६६ लाख ५० हजार र हिमालयन डिस्टिलरी रु १३ करोड ३६ लाख १० हजार ९१० बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
कारोबारका आधारमा मैलुङ खोला जलविद्युत् कम्पनी ९ दशमलव ९७, स्वाभिमान लघुवित्त ६ दशमलव ०५, सबैको लघुवित्त २ दशमलव ०८, प्रिमियर इन्स्योरेन्स १ दशमलव ७३ र माउण्टेन हाइड्रो नेपालका लगानीकर्ताले १ दशमलव ५६ प्रतिशतले कमाए । त्यस्तै, गुह्यश्वरी मर्चेन्ट बैंक ९ दशमलव १९, रैराङ हाइड्रोपावर ९ दशमलव १३, माउण्टेन हाइड्रो ८ दशमलव ५५, छ्याङ्दी हाइड्रो ७ दशमलव ९९ र युनाइटेड मोदी हाइड्रोपावरका लगानीकर्ताले ७ दशमलव ८७ प्रतिशतले गुमाए ।