काठमाडौं । नेकपा एमालेले आज स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको भेला बोलाएको छ । आइतबार मात्रै विधान महाधिवेशन समपन्न गरेको एमालेले आज विहान ९ बजेका लागि भेला बोलाएको हो ।
स्थानीय तहका प्रमुख तथा उप्रमुखहरुको भेला राष्ट्रिय सभागृहमा हुने भएको छ । भेलामा आगामी स्थानीय तहको निर्वाचनका लागि बनाइने रणनीतिका बारेमा छलफल हुने केन्द्रीय सदस्य देवेन्द्र दाहालले बताए ।
पार्टी विभाजनपछि स्थानीय तहमा पार्टीको अवस्था र अब लिनु पर्ने रणनीतिका बारेमा सहभागीहरुले रिर्पोटिङ गर्ने उनको भनाई छ ।
विधान महाधिवेशनमा सहभागी हुन आएका एमालेका जिल्ला समन्वय समितीका प्रमुख, उपप्रमुख, महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिकाका प्रमुख उपप्रमुख भेलामा सहभागी हुँदैछन् ।
आजको भेलालाई दिउसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।