Logo
Logo

उपचारपछि घर फर्किए अध्यक्ष नेपाल


1k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल उपचारपछि घर फर्किएका छन् । अध्यक्ष नेपाल आफ्नो स्वास्थ्यमा समस्या देखिएपछि १३ असोजमा त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए ।

अध्यक्ष नेपालको स्वकीय सचिव मोहन गौतमका अनुसार स्वास्थ्यलाभपछि उनी सोमबार बिहान घर फर्केका छन् । उनलाई चिकित्सकहरूले केही दिन घरमै आराम गर्न भनेका छन् । अध्यक्ष नेपाललाई ज्वरो र खोकीलगायत समस्या देखिएपछि कोरोना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको थियो ।

प्रतिक्रिया दिनुहोस्