Logo
Logo

एमाले विचारविहीन पार्टी भएको छ : प्रचण्ड


1.6k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेभित्र कुनै विचार नभएको टिप्पणी गरेका छन् ।

माओवादी केन्द्रको पेरिसडाँडा स्थित कार्यालयमा आज आयोजित नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमाले विचारले नचलेको पार्टी भएको बताए ।

एमालेमा विचार बारेमा बहस नहुने गरेको आरोप लगाउँदै उनले भने, ‘एमालेमा विचार–सिचार भन्ने हुँदैन्, त्यही सूर्य चिन्ह छ । मदन भण्डारी भन्ने छन्, जबज छ । अहिले मदन भण्डारीको ठाउँमा केपी ओलीलाई बनाउन खोजिएको छ ।’

एमालेका दोस्रो तहका नेताहरूबाट आफूहरूले आश गरेपनि धोका पाएको प्रचण्डले बताए । उनले अगाडि भने, ‘सबैले आफ्नो पद प्रतिष्ठाका लागि काम गर्ने ग¥याछन् । त्यहीँ स्वार्थका लागि मिल्छन् ।’

नेकपा माओवादी केन्द्र पनि अरु पार्टीकै पथमा जान लागेकाले बेलैमा सच्चिनुपर्ने अध्यक्ष प्रचण्डले बताए । मन्त्रिपरिषद विस्तारमा ढिलाई भएको आलोचना भइरहेका बेला अध्यक्ष प्रचण्डले मन्त्रीपरिषद छिटै विस्तार हुने बताए ।

‘सके आजै क्याविनेट बिस्तार हुन्छ । क्याविनेट विस्तार गरेर सपथ ग्रहण गराउँने, नसके पनि मन्त्रालयको भागबण्डा टुंग्याउँने भन्नेछ’ अध्यक्ष प्रचण्डले भने ।

प्रधानमन्त्री शेरबहादुर देउवाले लामो समयसम्म पनि मन्त्रिपरिषद विस्तार नगर्दा आलोचना भईरहेको छ । तर पाँच दलीय गठबन्धनभित्र मन्त्रालयको भागबण्डा नमिलेकै कारण ढिलाई भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्