काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार ‘रिफ्रेसमेन्ट’ का लागि चन्द्रागिरि पुगेकी थिइन् । परिवारका सदस्यसहित माइक्रोमा सवार भएर सोमबार साँझ पुगेकी राष्ट्रपति भण्डारी चन्द्रागिरि हिल्समा नै बसेकी थिइन् ।
मंगलबार विहान भालेश्वर मन्दिरमा पूजाअर्चना गरेसँगै खाना खाएर उनी शितल निवास फर्कने कार्यक्रम रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिए ।
‘हिजो साँझ तिर चन्द्रागिरि जानु भएको हो । यो उहाँको पारिवारिक र व्यक्तिगत भ्रमण हो, अरु केही होइन । आज उहाँ फर्किनु हुन्छ’ उनले भने ।