Logo
Logo

सामसुङ फेस्टिभ अफर सार्वजनिक


378
Shares

काठमाडौं । आइएमएस स्मार्टले दशैं र तिहारको अवसरमा सामसुङ फेस्टिभ अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत ग्राहकले आईएमएस एसमार्टबाट सामसुङ स्मार्टफोन खरिद गर्दा ५० प्रतिशत मूल्य बराबरसम्मको गिफ्ट भाउचर जित्न सक्नेछन् ।

जसमा ९आईएमएस एसमार्ट–सामसुङको आधिकारिक शोरुममा लाइभ लक्की ड्रमार्फत् ९ जना भाग्यशाली विजेता बन्नेछन् । आईएमएस एसमार्ट शोरुम ९ वटा विभिन्न स्थानमा अवस्थित छ ।

जसमा काठमाडौंको कमलादी, दरबारमार्ग, खिचापोखरी, न्यूरोड, बौद्ध, ललितपुरको जावलखेलका साथै पोखरा, बुटवल र धनगढीमा रहेको छ । ग्राहकले आईएमएस एसमार्ट सामसुङको शोरुमबाट सामसुङको स्मार्टफोन खरिद गर्दा उक्त मूल्य बराबरको गिफ्ट भाउचर जित्न सक्नेछन् ।

आईएमएस एसमार्टले ग्राहकलाई ईएमआई सुविधा पनि उपलब्ध गराउनेछ । प्रत्येक ग्राहकले सामान खरिद गर्दा १५ हजार रुपैयाँभन्दा बढीको सुविधा पाउन सक्नेछन् । ग्राहकले लक्ष्मी बैंकबाहेक अन्य सबै बैंकबाट प्रतिशत डाउन पेमेन्टमा किस्ताबन्दीमा सामान खरिद गर्न सक्नेछन् । साथै ३० प्रतिशत डाउन पेमेन्टमा लक्ष्मी बैंकबाट सामान खरिद गर्न सक्नेछन् ।

ग्राहकले ३ महिना, ६ महिना, ९ महिना, १२ महिना र १८ महिना अवधिको किस्ताबन्दीमा सामान खरिद गर्न सक्नेछन् । ग्राहकले यी बैंकबाट किस्ताबन्दीमा सामान खरिद गर्न सक्नेछन् । सामसुङको फेस्टिभ अफर कार्तिक १७, २०७८ सम्म लागू हुनेछ ।

१. माछापुच्छ्रे बैंक प्रालि

२. नेपाल इन्भेष्टमेन्ट बैंक प्रालि

३. सिटिजन्स इन्टरनेशनल बैंक प्रालि

४. मेगा बैंक प्रालि

५. सानिमा बैंक प्रालि

६. ग्लोबल आइएमई बैंक

७. एनएमबि बैंक प्रालि

८. सनराइज बैंक प्रालि

९. नबिल बैंक प्रालि

१०. एनआइसी एशिया बैंक प्रालि

११. लक्ष्मी बैंक प्रालि (30% Down Payment and 40,000 and above value product)

१२. बैंक अफ काठमाण्डौं (20% Down Payment and covers 35,000 and above value product)

१३. उपास्ना वहुउद्येश्यीय सहकारी (40% Down Payment)

प्रतिक्रिया दिनुहोस्