Logo
Logo

शीर्ष नेताबीच भागबण्डा मिलेन, मन्त्रिपरिषद विस्तारमा अनिश्चित


16.8k
Shares

काठमाडौं । मन्त्रालयको भागबण्डा टुंगो लाग्न नसक्दा मन्त्रीपरिषद विस्तारमा ढिलाई भएको छ । सत्तारुढ गठबन्धनका बीचमा कुन पार्टीले कति र कुन मन्त्रालय लिने भन्ने विषयमा अझै टुंगो लाग्न सकेको छैन् ।

आज बसेको सत्तारुढ दलको शिर्ष नेताहरुको बैठकले समेत मन्त्रालयको भागबण्डा टुंगो लगाउन सकेन् । विहान ११ बजेदेखि सुरु भएको सत्तारुढ दलको बैठकमा मन्त्रालयको टुंगो लगाउने बारेमा छलफल भएको छ । तर, सो विषयमा बैठकले कुनै निर्णय गर्न नसकेको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो ।

‘चार जना शीर्ष नेताहरु ११ बजेदेखि १२ बजेसम्म एक घण्टा छलफल गर्नुभयो छलफलमा मन्त्रिमण्डल विस्तारकै बारेमा कुराकानी भएको छ । तर मन्त्रालयको टुंगो अझै लाग्न नसक्दा आजै क्याविनेट विस्तार हुने सम्भावना छैन्’ प्रधानमन्त्री सचिवालयका एक सदस्यले भने ।

पाँच दलीय गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चा सरकारलाई समर्थन दिने तर सरकारमा सहभागी नहुने जवाफ यस अघि नै दिइसकेको छ । बाँकी चार दलका बीचमा मन्त्रालयको भागबण्डाको बारेमा छलफल हुँदै आएको छ । तर, मन्त्रालयको संख्या र मन्त्रालय बारे टुंगो लाग्न सकेको छैन् ।

यसअघि कांग्रेसले प्रधानमन्त्री तथा मन्त्रिपरिषदसहित ७ र माओवादी केन्द्र, एकीकृत समाजवादी तथा जसपाले ६÷६ मन्त्री र एक÷एक राज्य मन्त्री लिने सहमती भएको थियो । तर पछिल्लो समय काँग्रेस र माओवादी केन्द्रले सांसद संख्याको आधारमा मन्त्रालयको टुंगो लाग्नुपर्ने सर्त अगाडी सारेको छ ।

यता एकीकृत समाजवादी र जसपाले सरकार निर्माणमा सबैको योगदान बराबर रहेकाले सांसद संख्याको आधारमा नभई समान्ताको आधारमा मन्त्रालयको भागबण्डा हुनुपर्ने अडान राख्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्