Logo
Logo

मन्त्रीको नामावली टुंगो लगाउन जसपाको बैठक जारी


1.1k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले मन्त्रीको नामावली टुंगो लगाउन संसदीय दलको बैठक बसिरहेको छ ।

सिंहदरबारमा जारी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउने बारेमा छलफल भइरहेको एक सांसदले बताए ।

मन्त्रालयको भागबण्डा टुंगो लगाउन आजै पाँच दलीय गठनबन्धनको शीर्ष नेताको बैठक बसेको थियो । बैठकमा भागबण्डाको बारेमा कुनै सहमती नभए पनि छिटै नै मन्त्रीपरिषद विस्तार गर्ने बारेमा सहमती जुटेको छ ।

सोही सहमती अनुसार जसपाले आफ्नो दलबाट मन्त्री हुनेको नामावली टुंगो लगाउँने बारेमा छलफल सुरु गरेको हो । जसपाबाट सांसदहरु राजेन्द्र श्रेष्ठ, रामसहाय यादव, प्रमोद साह, अमृता अग्रहरी, रेणु यादव मन्त्री हुने चर्चा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्