काठमाडौं । सिंचाई विकास डिभिजन कार्यालय वसुन्धरामा कार्यरत एक सव–इन्जिनियर २ लाख घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले इन्जिनियर दिपेन्द्र कुमार केसीलाई मंगलबार पक्राउ गरेको हो ।
केसीले कल्भर्ट निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम अन्तिम बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग सो रकम लिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बताए ।
उनीमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता रिसालले जानकारी दिए ।