काठमाडौं । भारतीय जनता पार्टी (बिजेपी)को निम्तो मान्न गठबन्धन सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको टोली भारत जाँदैछ ।
कांग्रेस सहमहामन्त्री डा. प्रकाशरण महतको नेतृत्वमा नेता उदय शमशेर राणा र अजय चौरासिया बिहीबार भारत जाने भएका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा भारतसँगको सम्बन्ध सुधारमा केन्द्रित देखिन्छन् । यसै शिलशिलामा कांग्रेस टोली भारत जान लागेको हो । मन्त्रिपरिषद् विस्तारसँगै देउवाको भारत भ्रमण मितिसमेत तय हुने बताइएको छ ।