काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेको छ । छापावाल सुन मंगलबार प्रतितोला रु ९० हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्यांकानुसार छापावाल सुनको मूल्य प्रतितोला रु ८९ हजार ९०० तोकिएको छ ।
त्यस्तै तेजाबी सुन आज प्रतितोला रु ८९ हजार ४५० मा कारोबार हुनेछ जुन सोमबार प्रतितोला रु ८९ हजार ८५० मा कारोबार भएको थियो ।
महासङ्घका अनुसार चाँदीको मूल्य स्थिर रहेको छ । यसअघि चार कारोबार दिन नै चाँदीको मूल्य स्थिर रहेको थियो । मङ्गलबार प्रतितोला रु एक हजार १६० मा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुनेछ ।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७५३ दशमलव ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासंघले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ ।