Logo
Logo

प्रहरीले बढायो सुरक्षा सतर्कता


441
Shares

काभ्रे । दशैं-तिहार नजिकिँदै गर्दा प्रहरीले सुरक्षा व्यवस्थालाई थप सबल, सदृढ र प्रभावकारी बनाएको छ ।

प्रहरीले चाडपर्वको समयमा हुनसक्ने अपराध, अवैध चोरी–निकासी, लागूऔषध ओसारपसार तथा बिक्री–वितरण एवं दुरुपयोग हुन सक्ने भएकाले सुरक्षा सतर्कता बढाएको हो ।

बनेपा र धुलिखेल नगर क्षेत्रभित्रका विभिन्न स्थानमा शान्तिसुरक्षाका कार्यलाई अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताए ।

खतिवडाका अनुसार जिल्लाका मुख्य राजमार्ग अरनिको र वीपी राजमार्ग चल्ने सार्वजनिक तथा निजी सवारी साधनहरु र मानिसको बढी भीडभाड हुने संवेदनशील मानिएका स्थानहरुमा सुरक्षा सतर्कता बढाएको छ ।

प्रहरीले जिल्लास्थित सरकारी कार्यालयहरु, बैंक तथा वित्तीय संस्थालगायत आर्थिक गतिविधि हुने स्थानहरु, मानिसको बढी भीडभाड हुने तरकारी, फलफूल बजार, डिपार्टमेन्टल स्टोर, होटल लज, प्रमुख व्यापारिक केन्द्र, प्रमुख धार्मिक तथा पर्यटकीयस्थल, जिल्लाको महत्वपूर्ण प्रतिष्ठान र लोकमार्गमा पनि सुरक्षा सतर्कता बढाएको छ ।

लागूऔषध र विस्फोटक पदार्थ (पटका) ओसारपसार हुन सक्ने भन्दै प्रहरीले तालिम प्राप्त कुकुरसहितको प्राविधिक प्रहरी टोली खटाएको प्रहरी नायब उपरीक्षक खतिवडाले बताए ।

प्रतिक्रिया दिनुहोस्