Logo
Logo

मुख्यमन्त्री शाक्यले विश्वास मत लिने


27k
Shares

हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने भएकी छन् । विश्वासको मत लिनको लागि प्रदेश सरकारले असोज २४ गते नवौं (हिउँदे) अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले असोज २४ गते प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ । शाक्यले २५ गतेसम्म विश्वासको मत लिनै पर्ने कानुनी बाध्यता छ ।

बागमतीमा आफ्नो नेतृत्वको सरकार जोगाउनका लागि नेकपा एमालेले प्रदेशमा सहभागी अन्य दलसँग छलफल गरेको थियो । तर, त्यो छलफलले ठोस निष्कर्ष नदिएपछि मुख्यमन्त्री शाक्य विश्वासको मत लिने निष्कर्षमा पुगेकी हुन् ।

भदौ २ गते एकल बहुमतको आधारमा शाक्य बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएकी थिइन् । एमाले विभाजन भएर १३ जना सांसदले एकीकृत समाजवादी रोजेपछि भदौ २५ गतेदेखि उनी नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्