Logo
Logo

वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदी मृत भेटिए


1.1k
Shares

काठमाडौं । नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत भेटिएका छन् । निर्माणाधीन घरको चौथो तलाबाट खसेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं–७ बुलबुलेस्थित निर्माणाधीन घरबाट चतुर्वेदी बिहीबार बिहान ९ बजे खसेका थिए । उनले आत्महत्या गरेको हुनसक्ने अनुमान प्रहरीको छ । चतर्वेदीको बुलबुलेमै घर रहेको छ ।

घरबाट खसेको खबर आएपछि वृत्त गौशालाको टोली घटनास्थलमा पुगेको थियो । परिसर प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्