Logo
Logo

बालुवाटारमा गठबन्धन दलको बैठक जारी


0
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार बैठक जारी छ ।

गठबन्धन दलबीच मन्त्रालयको भागबण्डा लगभग मिलिसकेको छ । जसमा काँग्रेसलाई सात, माओवादी केन्द्रलाई ६ तथा नेकपा एकीकृत समाजवादी र जनता समाजवादीलाई चार–चार मन्त्रालय पाउने गरी छलफल भएको थियो । गठबन्धनमा कुरा मिले आजै मन्त्रिपरिषदलाई पूर्णता दिने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी छ ।

बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्