Logo
Logo

मन्त्रालय बाँडफाँटमा एकीकृत समाजवादी र जसपा असन्तुष्ट, मन्त्रिपरिषद् विस्तार अझै अन्योल


5.2k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भोली मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । मन्त्रिपरिषद् आजै विस्तार गर्ने भनिए पनि केही बिषय अझै मिलाउँन बाँकी रहेकाले ढिलाई भएको हो ।

सत्तारुढ पाँच दलीय गठबन्धनको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले भोली मन्त्रिपरिषद् विस्तार गर्ने सहमति गरेको छ । प्रधानमन्त्री सचिवालयका अनुसार केही प्राविधिक बिषय मिलाउँन बाँकी रहेकाले भोली मात्र मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको जनाएको छ ।

‘आन्तरिक तयारी नपुगेकाले भोलि (शुक्रबार) मात्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको छ’, स्रोतले भन्यो, ‘सकेसम्म आजै पूर्णता दिने कुरा थियो, तर सकिएन ।’

गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल (जसपा) र राष्ट्रिय जनमोर्चा रहेका छन् ।

राष्ट्रिय जनमोर्चाले सरकार बाहिरै बसेर गठबन्धनलाई सघाउने बताइसकेको छ । गठबन्धनमा रहेका राजनीतिक दलहरुबीच मन्त्रालयको भागबण्डाबारे सहमति भए पनि केही विषयमा अझै कुरा मिलाउन बाँकी रहेकाले मन्त्रिपरिषद् विस्तार हुन नसकेको बुझिन्छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बैठक चल्दै गर्दा आफ्ना कुरा राखेर बाहिरिएका थिए । पार्टीको स्थायी कमिटी बैठक जारी रहेकाले उनी आफ्ना कुराहरु राखेर बाहिरिएको बालुवाटार स्रोतले जनाएको छ ।

यस अघि नै गठबन्धनभित्र कांग्रेसले प्रधानमन्त्री सहित आठ, माओवादी केन्द्रले ६, एकीकृत समाजवादी र जसपाले ४÷४ मन्त्री र एक÷एक राज्य मन्त्री पाउँने सहमति भएको थियो । तर, यस सहमतिमा एकीकृत समाजवादी र जसपा सन्तुष्ट हुन सकेका छैनन् । त्यसैले पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो ।

प्रतिक्रिया दिनुहोस्