काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका आफन्त गजेन्द्रबहादुर हमाल पनि मन्त्री बनेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले हमाललाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाएका हुन् । उनले संविधानको व्यवस्था अनुसार ६ महिना मन्त्री हुन पाउने छन् । आजै मन्त्रीहरुको शपथको तयारी गरिएको छ।
केही दिन पहिले राणाले दुई जना मन्त्रीको कोटा मागेको समाचारहरु सार्वजनिक भएको थियो । राणाले दिपक तिमल्सिना र हमाललाई मन्त्री बनाउन खोजेको सार्वजनिक भएको थियो।
समाचार सार्वजनिक भएपछि प्रधानन्याधीशले सरकारमा भागबण्डा मागेको भन्दै आलोचना भएको थियो । सर्वत्र आलोचना हुन थालेपछि सरकारले उक्त कुराको खण्डन गरेको थियो । प्रधानन्यायाधीश जबराले समेत आफूले सरकारमा भागबण्ड नखोजेको बताएका थिए ।