Logo
Logo

मन्त्रिपरिषद् विस्तार भएकै दिन चार जिल्लाका सिडिओ फेरिए


40.8k
Shares


काठमाडौं ।
मन्त्रिपरिषद् विस्तार गरेकै दिन गृह मन्त्रालयले चार जिल्लाका सिडिओको सरुवा गरेको छ । पर्सा, बाँके, रौतहट र सुनसरीका सिडिओको शुक्रबार सरुवा गरिएको हो ।


पर्सामा उमेश ढकाललाई पठाइएको छ । उनी सुनसरीमा सिडिओका रुपमा कार्यरत थिए । रौतहटमा कृष्ण बहादुर शाहीको सरुवा भएको छ ।
रौतहटमा सिडिओका रुपमा कार्यरत इन्द्रदेव यादबलाई सुनसरीको सिडिओ बनाइएको छ । त्यस्तै, बाँकेमा उपसचिव सूर्य खत्री सिडिओ भएका छन् ।
गृह मन्त्रालयले ठूलो संख्यामा सिडिओ हेरफेर गरिरहेको छ । पछिल्लो एक महिनामा तीन पटक सिडिओ सरुवाको निर्णय भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्