Logo
Logo

सरकारी कम्पनीले बेच्यो रू १ करोडभन्दा बढीको खसीबोका


504
Shares

काठमाडौं । सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंका लागि सहुलियत मूल्यमा पहिलो दिनमै रू. १ करोडभन्दा बढीको खसीबोका विक्री गरेको छ । दशैंका लागि २ हजार खसीबोका विक्री गर्ने लक्ष्य राखेर कम्पनीले काठमाडौंस्थित आफ्नो कार्यालयबाट शनिवारदेखि सुपथ मूल्यमा खसीबोकाको विक्री शुरू गरेको हो ।

कम्पनीले शनिवार पहिलो दिनमै १ करोड ६४ हजार रुपैयाँ बराबरका ६ सय २५ ओटा खसीबोका विक्री गरेको हो । यस वर्ष जिउँदो खसीबोकाको बजार मूल्य प्रतिकिलो ६ सय ५० रुपैयाँ तोकिएको छ । कम्पनीले उक्त मूल्यमा १० रुपैयाँ छूट दिएर प्रतिकिलो ६ सय ४० रुपैयाँमा विक्री गरिरहेको छ ।

कम्पनीले पहिलो चरणमा शुक्रवारसम्म ७ सय ३० र शनिवार थप ३ सय २९ ओटा खसीबोका भित्र्याएको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले आर्थिक अभियान दैनिकलाई बताइन् ।

उनका अनुसार चाडबाडका समयमा अस्वाभाविक रूपले बढ्ने बजार मूल्यलाई नियन्त्रण गर्न र उपभोक्तालाई सुविधा दिने हिसाबले कम्पनीले सहुलियत मूल्यमा खसीबोकाको विक्री गरेको हो । कोरोना महामारी संक्रमणको जोखिमलाई ध्यानमा राख्दै कम्पनीले खसीबोका किन्न आउने उपभोक्तालाई टोकन प्रणालीमार्फत व्यवस्थापन गरेको छ । शनिवार कम्पनीले विक्री गरेका खसीबोका किन्न थापाथलीस्थित विक्री कक्षमा उपभोक्ताको बाक्लो भीड लागेको थियो ।, यो समाचार आर्थिक अभियान दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्