Logo
Logo

मौसम पूर्वानुमानः आज यी प्रदेशमा बर्षाको सम्भावना


378
Shares

काठमाडौं । आज बिहान देशभर सामान्यतया सफादेखि आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । महाशाका अनुसार प्रदेश १ र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै औसतभन्दा केही पछिसम्म रहेको मनसुन सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका सम्पूर्ण भू–भाग तथा लुम्बिनी प्रदेशको पश्चिमी भू–भागबाट बाहिरिएको छ । अन्य प्रदेशबाट केही दिनमा बाहिरिने विभागले जनाएको छ ।

नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ भए पनि यस वर्षको मनसुन औसत समयभन्दा केही पछाडि सरेको छ ।

प्रतिक्रिया दिनुहोस्