Logo
Logo

सुकुम्बासी र प्रहरीबीचको झडपमा ३ जनाको मृत्‍यु


6.2k
Shares

बुटबल । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा भएको झडपमा तीनजनाको मृत्यु भएको छ ।

सुकुम्बासी समूहसँगको झडपमा सुरक्षाकर्मीले गोली चलाउँदा घाइतेहरूमध्ये तीन जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार
झडपका क्रममा १४ जना घाइते भएका थिए । उनीहरुको भैरहवाको युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रहरी र सुकुम्बासीका नाममा जग्गा कब्जा गर्ने समूहबीचको झडपपछि रुपन्देहीको मोतिपुरमा उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।

प्रहरीले अस्थायीरूपमा बनाइएका टहरा भत्काउन खोज्दा झडप भएपछि स्थानीयवासीको सुरक्षालाई मध्यनजर गर्दै कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासनले जनाएको छ । प्रशासनले पूर्वतर्फ बुटवल–१७ शिवनगरदेखि सौरहिया पुल तथा पश्चिमतर्फ हरिहरपुर, रानीगञ्ज बस्ती तथा वडा नं १८ को औद्योगिक करिडोरको क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको हो ।

प्रहरीले औद्योगिक क्षेत्रमा बनाइएका टहरा हटाउने क्रममा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडपका क्रममा प्रहरीले गोली चलाएपछि आज दिनभर सो क्षेत्रको स्थिति तनावपूर्ण बनेको थियो ।

बुटवल वडा नं १७ र १८ मा पर्ने औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो सङ्ख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्