Logo
Logo

विमानस्थलको समस्या सरकारले समाधान गर्छ : प्रधानमन्त्री


1.1k
Shares

पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । सोमबार पोखरा पुगेका प्रधानमन्त्री देउवाले विमानस्थलको निरीक्षणपछि समस्या समाधान गर्ने बताए ।

अन्तर्राष्ट्रिय उडानका लागि अवरोधको रूपमा रहेको रिठ्ठेपानी डाँडा कटानका लागि सहजीकरण गर्ने र विमानस्थलको उत्तरपट्टीको बाढी तथा पूर्वपट्टीको कटान नियन्त्रण गरेर सरकारले समस्या समाधान गर्ने बताएका हुन् ।

सोक्रममा आयोजना प्रमुख विनेश मुनकर्मीले हालसम्मको प्रगति र समस्याकाबारेमा जानकारी गराएका थिए । रिठ्ठेपानी डाँडा कटानमा पूरक ईआईए आवश्यक पर्ने र त्यसका लागि ३ महिना समय लाग्ने जानकारी मुनकर्मीले गराएका थिए ।

जवाफमा प्रधानमन्त्री देउवाले ईआईए गर्दै गर्ने र डाँडा कटान पनि नरोक्न सरकारले सहयोग गर्ने बताए । बर्खामा उत्तरपट्टीबाट विमानस्थलभित्र प्रवेश गर्ने बाढी र बाढीले पूर्वपट्टी गरिरहेको कटान नियन्त्रणमा लाग्ने झण्डै ३४ करोड रूपैयाँको व्यवस्थापन संघ सरकारले गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्