कास्की । पोखराबाट जिल्लाको पर्यटकीय गाउँ अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जीप दर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।
पोखराको हरिचोकबाट छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप अपराह्न २ः०० बजेको समयमा अन्नपूर्ण–१० स्थित कलाभीर भन्ने ठाउँमा सडकबाट अन्दाजी ११० मिटर तल खसेको हो ।
उक्त दुर्घटनामा चालकसहित ८ जनाको मृत्यु भएको छ । काठमाडौंबाट घुम्न गएका ६ पुरुष, १ महिला र जिपका चालक खुसीमान क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । जीपमा चालकसहित १० यात्रु सवार थिए ।
एक जनाको भने उद्धार गरिएको छ । जिपमा सवार एक महिला भने पछाडिको डिक्की खोलेर बाहिर निस्किन सकेका कारण बाँच्न सफल भएकी छन् ।
मृतकको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी प्रवक्ता सुवास हमालले बताए । ७ मृतकको सनाखत हुन भने बाँकी छ ।