काठमाडौं । आज (आइतबार बिहान) गोरखा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ४ बजे ९ मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
यसअघि असोज १६ गते सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.६ र ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।