काठमाडौं । धनुषामा घाँटी काटेर हत्या गरेको अवस्थामा एक व्यक्तिको शव भेटिएको छ ।
धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतका अनुसार नगराइन नगरपालिका वडा नम्बर ५ गाँगुलीमा आइतबार बिहान अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको हो ।
मृतकको सनाखत हुन सकेको छैन । उनको शनिबार राति हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।