काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले देशभर संगठित सदस्य बनाउने अभियान थालेको छ ।
एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीले जारी गरेको अन्तर पार्टी निर्देशन (अपानि) अनुसार तीन महिनाभित्र सबै प्रदेश, जिल्ला, संघीय तथा प्रदेश निर्वाचन क्षेत्र, महानगर, उपमहानगर, नगरपालिका, गाउँपालिका र वडाहरूमा पार्टी कमिटी गठन गरिसक्ने योजना बनाएको छ ।
त्यस्तै एक वडामा एक सय संगठित सदस्य र एक हजार पार्टी सदस्य निर्माण गर्ने अभियान सञ्चालन गर्ने पनि अध्यक्ष माधवकुमार नेपालद्वारा जारी अपानिमा उल्लेख छ ।
एमालेकै जस्तो ढाँचा र अवधारणामा बनेको यो पार्टीले संगठित र पार्टी सदस्य गरी दुई प्रकारका सदस्यको व्यवस्था विधानमा गरेको छ । जसअनुसार संगठित सदस्य पार्टीका सक्रिय कार्यकर्ता हुनेछन् भने पार्टी सदस्य समर्थक, मतदाता र सर्वसाधारण हुनेछन् ।
पार्टीले संगठित सदस्य र पार्टी सदस्य निर्माणका लागि सबै जनसंगठनहरू, सबै पेशा र व्यवसायका जनता माझ सदस्यता वितरण अभियान प्रभावकारी रूपमा सञ्चालन गर्ने नीति लिएको छ ।
त्यस्तै जनवादी कला र साहित्यको विकासका लागि कार्यक्रमहरू बनाउने, जनवादी गीतहरू रचना गर्ने र गाउने तथा आफ्नो तहमा साङ्गीतिक समूहहरू गठन गर्ने र सहयोग पु¥याउने अपानिमा उल्लेख छ ।