काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य ‘किरण’ अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आइतबार बिहान नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।
पारिवारिक स्रोतका अनुसार वैद्यलाई दम बढेर छातिमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । अस्पताल भर्नालगत्तै उनको छातिको एक्सरे गरिएको छ । अस्पतालको अनुसार उनको छातिमा सामान्य दाग देखिएको छ । नेता किरण लामो समयदेखि दमबाट पीडित छन्