Logo
Logo

कृष्णनगरको झाडापखाला नियन्त्रणमै भएको स्वास्थ्य मन्त्रालयको दावी


693
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कपिलवस्तुको कृष्णनगर नगरपालिकाका वडा ७, ८ र ९ मा फैलिएको झाडापखाला नियन्त्रणमा रहेको दावी गरेको छ ।

स्थानीय, प्रदेश र संघीय सरकार तथा विश्व स्वास्थ्य संगठन लगायतका संस्थाहरुको समन्वयमा उक्त झाडापखाला नियन्त्रणमा आएको मन्त्राललयले आइतबार विज्ञप्ति जारी गर्दै जनाएको छ ।

मन्त्रालयका अनुसार हाल झाडापखाला तथा तथा बान्ताका कारण ८८५ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार आइतबार मात्रै शिवराज अस्पतालमा २५ जना झाडापखालाका विरामी उपचाररत् रहेका छन् भने हालसम्म ८१९ जना निको भएका छन् ।

झाडापखालाबाट ४५ वर्षीय पुरुषको घरमै, ७ वर्षीया बालिकाको निजी क्लिनिकमा र ५ वर्षीया बालिका र २ वर्षीय बालकको अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्