काठमाडौं । सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर भूकम्पको धक्का महुशस भएको छ । राष्ट्रिय भूकम्प मापनकेन्द्रका अनुसार १ बजेर ४६ मिनेट जाँदा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का सिन्धुपाल्चोक संगै आसपासका जिल्लाहरुमा महसुस गरिएको छ । भूकम्पकबाट हालसम्म कुनै क्षतिको विवरण आएको छैन । आइतबार बिहान पनि गोरखा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।