Logo
Logo

ओलीले हावादारी गफमा समय खेर फाले : मन्त्री झाँक्री


4.9k
Shares

पाल्पा । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा हावादारी गफमा समय खेर फालेको बताएकी छन् ।

सोमबार नेपाल पत्रकार महासंघ पाल्पाले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले पूर्वप्रधानमन्त्री ओलीले काम गर्ने माैका पाएपनि हावादारी गफमा भुलिएकाे बताएकी हुन् । ओलीले जस्तो अरू कसैले पनि काम गर्ने मैका नपाएको उनको भनाइ छ ।

ओलीले पार्टी र सरकारलाई सही ढंगले नचलाएको उनले बताइन् । उनले भनिन्- ‘उहाँ (ओली)ले पार्टीलाई सही ढंगले चलाउनुभएन । राज्यसत्ता सही ढंगले चलाउनुभएन् । जवाफदेहीता दिनुभएन् । हावाका गफ गर्नुभयो ।’

ओली एक्लै हिँडने प्रयास गर्दा नेकपा एमालेमा विद्रोह र भत्किने प्रक्रिया शुरु भएको उनको भनाइ थियो । उनले भनिन्, ‘सामान्य समन्वय नगरेर एक्लै हिँडने जुन प्रयास गर्नुभयो, र सुशासन होइन्, कुशासन दिने जुन प्रयास गर्नुभयो त्यसैबाट बिद्रोह र भत्किने प्रक्रिया शुरु भएको हो ।’

पत्रकार भेटघाट कार्यक्रममा मन्त्री झाँक्रीले वर्तमान सरकारले भ्रष्ट्राचार र कुशासनविरुद्ध काम गर्ने बताइन् । उनले भनिन्, ‘विगतमा पनि भ्रष्ट्राचार र गलत शासनका बिरुद्ध लड्दै आएकाले सरकारले जवाफदेहीता, पारदर्शीता र भ्रष्ट्राचार बिरुद्धको शून्य सहनशिलतालाई प्राथमिकतामा राखेर काम गर्छु।’

प्रतिक्रिया दिनुहोस्